राजस्व तिर्ने बित्तिकै परिक्षणकालीन सवारी चालक अनुमती पत्र पाइने

0
321

शिवम बनिया / नेपालगन्ज , यातायात ब्यवस्था कार्यालय नेपालगन्ज, बाँकेले मंगलवार देखि परिक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण सुरु गरेको छ।

मंगलवार एक कार्यक्रम बीच बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल प्रमुख अतिथिद्वारा परिक्षणकालीन लाइसेन्स प्रिन्ट गरि सेवाग्राहीहरुलाई वितरण गरेर उदघाटन गरिएको थियो ।

यातायात ब्यवस्था कार्यालय नेपालगन्ज, बाँकेका निमित्त कार्यालय प्रमुख पूर्ण खत्री अनुसार उनी आउँदा धेरै कमी कमजोरी हरु थियो । जस् मध्ये पहिलो राजस्व तिर्नु, लामो समय पछी चालक अनुमतिपत्र, पुराना सवारी साधनहरुको फाइल हराउनु, भि.अर.यस निकाल्न देखि लिएर अनेक समस्याहरु थियोे । तर उक्त समस्याहरुलाई उचित समाधान तर्फ आफुहरु लागिपरेको उनएले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी, बाँके शसस्त्र प्रहरी प्रमुख अशोक बम, नेपालगन्ज वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली बहादुर खड्का, वरिष्ठ पत्रकार लगायतको उपस्थित रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here