नेपालगन्ज / असोज १८ ,
बाँकेको जानकी गाउँपालिका वडा नम्बर २ बेलभारका वडाअध्यक्ष चन्द्रिका प्रसाद गुप्ताले आफन्त कर्याकर्ता तथा आसेपासे लगाएर पत्रकारमाथि दुव्र्यवहार गरेका छन् ।

फरक पार्टीमा आस्था राखेकै कारण वडाअध्यक्ष गुप्ताले स्थानीयलाई सिफारिस नदिने भन्दै सेवाग्राहीले गुनासो गर्दै शुक्रबार वडा कार्यालयमा तावाबन्दी गरेका थिए ।
सोही तालाबन्दी गरेको बिषयमा रिपोर्टिङ गर्न गएका अनलाइन खोजखवरका प्रकाशक तथा नेपाल पत्रकार महासंघ बाँकेकाएकेस्फ्फ्फ कार्यसमितिका सदस्य जावेद शाह र माउन्टेन टिभीका पत्रकार तथा नेपाल प्रेस युनियन बाँकेका जिल्ला कार्यसमितिका सदस्य रविन्द्र घिमिरेलाई हातपातसँगै दुव्र्यवहार गरेका हुन् ।
घटनामा प्रहरी समेत मुखदर्शक बनेर बसेको स्थानीयको भनाइ छ ,नेपाल प्रहरीका असइ एस.के. चौधरीले पत्रकारलाई सुरक्षा दिनुको साटो समाचार संकलन गरिरहेका पत्रकारको क्यामेरा थुत्ने र गल्हत्याउने काम गरेको भन्दै आपत्ती जनाइएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघ बाँकेले पत्रकारमाथि भएको दुव्र्यवहारको घोर निन्दा गरेको छ । महासंघले आइतबार एक विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष गुप्ता नेतृत्वको समूहले गरेको दुव्र्यवहार र आक्रमणको प्रयासको भत्र्सना गरिएको हो ।
पीडकलाई कारवाही गरि पीडितलाई न्याय दिन महासंघले सम्बद्ध सरोकारवालासँग माग गरेको छ ।











