शिवम बनिया
१७ असोज/ नेपालगन्ज ,

करिब डेढ वर्षपछि यात्रु सहितको सरकारले भारतीय नम्बर प्लेटको सवारी साधनलाई नेपाल प्रवेशका लागि अनुमति दिएको छ । बिश्वब्यापी फैलिएको कोरोना महामारीका कारण सरकारले भारतीय नम्बर प्लेटको गाडीलाई २०७६ साल चैत्र १० गतेदेखि नेपाल प्रवेशमा रोक लगाएको थियो ।
ईलाका प्रहरी कार्यालय जमुनहा अनुसार मन्त्रिपरिषद्को निर्णयपछि आज आइतबार दिउँसो देखि नाकामा लगाइएको रोक पूर्णरुपमा हटेको छ । आजदेखि दुवै देशका सवारी साधान सजिलैसँग आउजाउ गर्न दिने
नेपाली नम्बरका सवारी साधन रुपैडिहा जान र भारतीय नम्वर प्लेटका निजि तथा यात्रु सहितको सवारी साधन पनि आउन दिइएको जमुनाह प्रहरीले जनाएको छ ।
विभागका निर्देशक एवम् सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार नजिकको सहरसम्म सुविधामा र नेपालभरका लागि भन्सार राजस्व तिरी भारतीय यात्रुबाहक सवारी साधनलाई नेपाल प्रवेश खुला गरिएको बताए ।

एक होटेल व्यपसायी अनुसार भारतीय सवारी आवागमनमा रोक लाग्दा कोरोना महमारीका कारण ठप्प परेको होटल तथा पर्यटन व्यवसाय माथि धेरै मर्का परेको थियोे, उनले भने भारत र नेपाल बीच रोटीबेटीको सम्बन्ध छ, कोरोना महामारीले गर्दा केही समय टाढा बस्नुपरको थियो,’ उनले भने, ‘अब फेरि त्यो हटेको छ, स्वागतयोग्य कदम छ ।’
पहिल्यै जस्तो आवतजावत भए पछी रुपैडिहा निवासी मुकेश अग्रवाल हर्षित भएको बताए उनले भने गाडी भएर पनि नेपालका धार्मिक तीर्थस्थलहरु मनकामना, पशुपतिनाथको दर्शन गर्न जान पाएका थिएनौं । उनले भने, अब परिवार सहित भगवानको दर्शन गर्नुको साथै पर्यटकीय स्थलहरु घुमघाम गर्नेछै।












