रेडपाण्डाको छाला सहित १ जना पक्राउ

0
221

नेपालगन्ज /असोज २३

संरक्षित वन्यजन्तु रेडपाण्डा तस्करी गरेकाे अभियेागमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेकाे छ ।

पक्राउ पर्नेमा जिल्ला जाजरकोट भेरी नगरपालिका वडा नं.१ वस्ने वर्ष २८ को मनिराम सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

आज सनिवार बिहाना करिब ५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.४ बुद्ध मन्दिर नजिक संरक्षित वन्यजन्तु (रेडपाण्डा) को छालाको कारोबार भईरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले ऐ.बुद्धमन्दिर निज संकास्पद अवस्थामा रहेका सुनार लाई चेकजाँच गर्दा निजले बोकेको VIKTOR & ROlF लेखेको झोला (साईड व्याग) भित्र रहेको संरक्षित वन्यजन्तु रेडपाण्डाको छाला थान १ फेला पारी बरामद गरेको छ । सो सम्बन्धमा सुनारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here