बागेश्वरी मन्दिरमा समाचार संकलन गर्न गएका पत्रकार माथि महन्त चन्द्रनाथ योगीले गरे दुव्र्यवहार

0
244

२५ असोज, नेपालगन्ज ,
बाँकेको नेपालगञ्ज स्थित पश्चिम क्षेत्रकै प्रशिद्ध शक्तीपीठ बागेश्वरी मन्दिरमा समाचार संकलन गर्न रोक लगाइएको छ । मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले समाचार संकलन गर्न गएका पत्रकार तथा पत्रकारिता पेशालाई अश्लील शब्द प्रयोग तथा दुर्वयवहार गर्दै रोक लगाएका हुन ।

हिन्दुहरुको महान चाडपर्व बडादसैंको अवसरमा समाचार संकलनका लागि मन्दिर पुगेका कान्तिपुर टेलिभिजनका लुम्बिनी, कणर्ाली र सुदुरपश्चिम ब्यूरो प्रमुख जे.पाण्डे र संवाददाता सविता जिसी माथी महन्त योगीले रोक लगाएका हुुन् । उनीहरु सोमबार बिहान ७ बजेको कान्तिपुर समाचारका लागि मन्दिर परिसरबाट प्रत्यक्ष प्रशारण गर्न भनि त्यहाँ गएका उनीहरुहरुले बताए । त्यस क्रममा महन्तले हुलहुज्जत गर्दै अन्य व्यक्तिहरुलाई समेत बोलाएर मन्दिरबाट बाहिर निकाल्ने जस्तो निकृष्ट कार्य गरेका थिए । पत्रकारमाथि हुलहुज्जत गर्न थालेपछि दर्शनार्थीहरुले जोगाएका थिए ।

प्रत्यक्ष प्रशारणका लागि तयारी गर्दै गर्दा महन्तले पत्रकाारिता पेशालाई बदनाम गर्ने तथा ठेस पुग्ने गरि मन्दिर परिसरमा फोटो र भिडियो खिच्न समेत रोक लगाउनुका साथै पत्रकार माथि दुर्वयवहार प्रति नेपाल पत्रकार महासंघ बाँके शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

सधै झैं मन्दिर परिसरबाट प्रत्यक्ष प्रशारण गर्दै आएका टेलिभिजन तथा रेडियोकर्मी र पत्रपत्रिका संचारकर्मीलाई प्रवेशमै रोक लगाउँलै त्यँहाको छायाकंन, दृश्य संकलनमा रोक लगाउने कार्य संचारमाध्यम मार्फत नागरिक सुसुचित हुन पाउने अधिकारमाथि कै हनन् रहेको महासंघको ठहर छ ।

जिम्मेवार व्यक्तिले संचारकर्मी र संचारक्षेत्र प्रति देखाएको अपमानजनक व्यवहारको महासंघले निन्दा एवं भत्सर्ना गरेको छ । बागेश्वरी मन्दिरको एतिहासिक महत्वका बारेमा सम्पूणर् संचारकर्मीले सहजरुपमा समाचार संकलन तथा सम्प्रेशण गर्न र नागरिकलाई सुसुचित गराउन पाउने संवैधानिक अधिकार सुनिश्चित गर्न महासंघले जोडदार माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here