उपाध्यक्षलाई दुव्र्यवहार गर्ने इप्रका कोहलपुर बाँकेका डिएसपीविरुद्ध न्यायिक समितिमा उजुरी

0
247

इप्रका कोहलपुर बाँकेका डिएसपी रबिन्द्र खनालविरुद्ध स्थानीय जनप्रतिनिधि आक्रोशित बनेका छन् । बेथितीलाई पश्रय दिएको र जनप्रतिनिधिलाई दुव्र्यवहार गरेपछि उनको सरुवाको माग गरिएको छ ।

दुर्घटनाको विषयमा बुझ्न गएकी राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष धनी कुमारी खत्रीलाई थुन्ने धम्की दिदै उनले दुव्र्यवार गरेका हुन् । दसैको समयमा शमशेरगञ्ज परुवा खोलामा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको थियो भने अर्का घाइते भएकी थिइन् । सो घटनाको अनुसन्धानको विषयमा बुझ्न जाँदा डिएसपी खनालले दुव्र्यवहार गरेका हुन् । सो विष्यामा न्यायिक समितिमा उजुरी परेपछि डिएसपी खनालमाथि छानबिन सुरु भएको छ । यातायात व्यवसायीसँग मिलेर डिएसपी खनालले पीडित पक्ष मात्र नभई गाउँपालिका उपाध्यक्षलाई समेत धम्काएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

त्यसो त डिएसपी खनाल पहिलेदेखि नै अनियमिततामा मुछिदै आएका छन् । स्थानीय गुन्डासँग उनको मिलेमतो रहेको छ । घुमुवा परिचालन गरेर उनले जुवा खालबाटै लाखौं उठाउने गरेका छन् । कोहलपुरका अवैध यौनअखडा समेत प्रहरी संरक्षणमा फस्टाएको छ । -दृष्टिबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here