रियल जुस्को खोल भित्र लागु औषध ओसरने नया तरिका

0
153

नेपालगन्ज,

लागुऔषधसहित एक जना पक्राउ परेको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला सुर्खेत बिरेन्द्रनगर नगरपालिका वाड न.३ बस्ने ३० वर्षीय बबिन शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्ज उप महानगरपालिका वडा न. १५ स्थित ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्ज बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा उनको साथबाट रियाल फ्रुटिको डिब्बामा २ लिटर लागू औषध कोरेक्स र १५ ट्याबलेट नाईट्रोभ्याट जस्तो पदार्थ फेला पारी जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पक्राउ परेका शाहीमाथी आवश्यक अनुसन्धान भई रहेको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here