नेपालगन्ज , नेकपा (एकीकृत समाजबादी) निकट समाजबादी प्रेस संगठन बाँकेको उपाध्यक्षमा सुरज मेघनाथ चयन भएका छन् ।

शनिबार नेपालगन्जमा नेकपा एकीकृत समाजबादी बाँकेका प्रचार प्रसार बिभाग प्रमुख किशोर थापाको अध्यक्षता बसेको भेलाले अध्यक्षमा लोकनाथ शर्मा र उपाध्यक्ष सुरज मेघनाथ सहितको नेतृत्वमा ९ सदस्यीय समाजबादी प्रेस संगठन बाँकेको गठन गरेको हो ।
सचिवमा रामु ओली, सहसचिवमा ज्ञानु संगम खड्का र हरि देवकोटा र कोषाध्यक्षमा रमेश क्षेत्री चयन भएका छन् ।
त्यस्तै नवगठित सदस्यहरूमा तुलबिर बिश्वकर्मा, सागर देवकोटा र प्रकाश धामी चयन भएका छन् ।

भेलामा नेकपा (एकीकृत समाजबादि) खेलकुद महासङको केन्द्रिय सम्सुद्दिन सिद्दिकी, नेकपा एकीकृत समाजबादी प्रदेश कमिटी सदस्य इन्द्र बहादुर थापा तथा एकीकृत समाजबादी जानकी गाउँपालिका अध्यक्ष रामवरण बर्मा लगायतको सहभागीता रहेको थियो ।