लागुऔषधसहित दुई जना पक्राउ

0
170

नेपालगन्ज,२८ मङ्सिर

लागुऔषधसहित दुई जना पक्राउ परेका बाँके प्रहरीले जनाएको छ ।

जिल्ला दाङ तुल्सिपुर उ.म.नपा.१५ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र जिल्ला बाँके राप्तिसोनारी गा.पा.१ बस्ने ३२ वर्षीय सुबास वि.क. लाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

प्रहरीका अनुसार नेपालगञ्ज उप महानगरपालिका वडा न. १५ स्थित ईलाका प्रहरी कार्यालय जमुनाह र लागू औषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्ज बाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा रहेका गौरव बुढाथोकीको पेन्टि भित्र लुकाई राखेको सेतो पलाष्टिकमा बेरेको २ पोका ब्राउनसुगर जस्तो देखिने पदार्थ ४८ग्राम र सुबास वि.क. लाई चेकजाँच गर्दा निजले दाहिने खुट्टामा लगाएको सेतो जुत्ता भित्र १ पोका लागू औषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम बरामद गरि आवश्यक अनुसन्धान को लागि ई.प्र.का जमुनहा मार्फत जि.प्र.का.बाँके मा पठाएइको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here