९ ग्राम ब्राउन सुगर सहित ३ जना पक्राउ

0
318

पुष ४ नेपालगन्ज ।  बाँकेको नेपालगञ्जबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका १० गणेशमान चोक स्थित नेपालगञ्ज— कोहलपुर सडक खण्डमा ब्राउन सुगरको कारबारो भई रहेको भन्ने गोप्य सुचना आधारमा वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागु औषध नियन्त्रण ब्युरो बाँकेबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु तीन जनालाई शंका लागेर चेकजाँच गर्ने क्रममा नेपालगञ्ज ८ का आदित्य कुमार लखेरको साथ बाट ९ ग्राम ब्राउन सुगर फेला पारेको र अन्य दुई जना नेपालगञ्ज ८ का बर्ष ३० को रोहित कुमार श्रीवास्तब, भारतको बहाराईच जिल्लाको गंगापुर बस्ने बर्ष २२ को तिलक राम कुर्मी गरि तीनै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरु माथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here