पुष ५ नेपालगन्ज ,
बाँकेका संयुक्त विद्यार्थी संगठनले सार्वजनिक यातायातमा विद्यार्थीहरुलाई ४५ सम्म प्रतिशत छुटको माग गर्दै यातायात व्यवस्था कार्यालय बाँके अगाडी प्रर्दशन गरेका छन ।
सोमबार यातायात कार्यालय अगाडी धर्ना दिदैँ उनीहरुले उक्त कार्यालयबाट प्रवाह हुदैँ आएको सेवासुविधालाई गुणस्तर बनाउनका साथै यातायातमा विद्यार्थीलाई सहुलियत स्वरुप ४५ प्रतिशत छुट र जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई ५० प्रतिशत छुटको सुविधा दिनुपर्ने माग गरेका छन ।
सार्वजनिक यातायातमा नेपाल सरकारले माथिबाटै विद्यार्थीलाई सहुलियत र जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकलाई छुटको व्यवस्था गरेको छ । तर बाँके जिल्लामा यातायात व्यवसायीहरुले उक्त सुविधा प्रदान नगरेको भन्दै धर्ना दिन बाध्य भएका उनीहरुको ठहर छ । यातायातमा सरकारले छुटको व्यवस्था दिएपनि व्यवहारिक रुपमा बाँकेमा लागुनभएको भन्दै उनीहरु विरोधमा उत्रिन बाध्य भएका बुझिएको छ । उनीहरुको माग तत्काल पुरा नगरे चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने सहभागीहरुले चेतावनी दिएका छन ।
कार्यालय अगाडी उनीहरुले करिब एक घण्टा बिरोध अनुरुप धर्ना दिएका थिए । एक घण्टाको बिरोध प्रदर्शनको प्रभावका कारण यातायात कार्यालय बाँकेको सेवामा असर पुगेको थियो ।










