३०० ट्यावलेट नाइट्रोभ्याट सहित एक जना युवा पक्राउ

0
261

पुष ६, नेपालगन्ज

बाँकेको जमुनाहा बाट लागु औषध ३०० ट्यावलेट नाइट्रोभ्याट सहित एक जना युवा पक्राउ प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा दार्चुलाको शैलेशिखर नगरपालिका ९ बस्ने १९ वर्षीय नरेन्द्र विष्टलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथ बाट ३०० ट्यावलेट नाइट्रोभ्याट फेला पारेको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

प्रहरीका अनुसार दिउँसो करिब ३ बजेर २५ मिनेटको समयमा नेपालगञ्ज उपमहानगरपालिका १५ ईलाका प्रहरी कार्यालय जमुनाहा बाँकेबाट खटिएको प्रहरी टोलिले एक जनालाई उक्त लागुऔषध सहित फेला पारेर पक्राउ गरेको छ ।

निजलाई बाँके प्रहरीले नियन्त्रणमा लिइ थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here