असहाय तथा बिपन्न परिवारलाई कम्बल बितरण गर्दै : सेवा नेपाल बाँके

0
140

नेपालगन्ज /पुस १९

नेपालगन्जमा बिगत केहि दिन देखि चिसो ह्वात्तै बढेको छ। बाक्लो हुस्सु र शीतलहर परेको छ। जसका कारण जनजीवन प्रभावित भएको छ। चिसोले विशेषगरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन्।

मेला मजदुरी गरेर गुजारा चलाउनेहरु मारमा प।रेका छन्।
बढदो जाडो अनि शितलहर लाइ मध्यनजर गर्दै सेवा नेपाल बाँकेले बिपन्न ,असहाय,अशक्त परिवारलाई कम्मल बितरण गरेको छ ।

सेवा नेपाल बाँकेका अध्यक्ष लाल माया शाही, डाक्टर प्रकाश नाग ,महिला उद्यमी बिन्दु चर्तिमगर ,सेवा नेपाल बाँके सचीव मनिषा चिलुवाल ,कोषाध्यक्ष लक्ष्मी देवकोटा लगायततले नेपालगंन्ज उप महानगरपालिका –२०,राझा गायत्रीनगरको टोलमा पुगेर ५० जना परिवार लाइ कम्बल बितरण गरेको सेवा नेपाल बाँकेले जनाएको छ।

टोलका बिपन्न अशक्त,असहाय लाइ कम्बल बितरण गर्दै जस्तोसुकै परिस्थितिमा पनि सेवा नेपाल बाँके परिपुर्वक अपरिहार्य आवश्यकता लाई मध्य नगर गर्दै आएको र आउने दिनहरू साथ र सहयोग रहने अध्यक्ष लाल माया शाहिले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here