६ माघ, बाँके । पछिल्लो समय बाँकेमा कोरोना संक्रमित हुनेको संख्या बढेसंगै नेपालगञ्ज स्थित भेरीमा बिरामीको चाप बढेको छ ।
बाँके जिल्ला कोभडि १९ संकट व्यवस्थापन केन्द्रले बिभिन्न समयमा सार्वजनिक गर्दै आएको तथ्यांक अनुसार बाँकेमा कोरोना संक्रमित हुनेको संख्या दैनिक रुपमा उकालो लाग्दै गएको छ । जसका कारण भेरी अस्पतालमा कोभिडका बिरामी भर्ना हुनेको संख्या बढेको हो ।
भेरी अस्पतालमा विहिबार सम्म कोरोना संक्रमित बिरामी भर्ना हुनेको संख्या ३२ पुगेको छ । यसअघि बुधबार २३ जना बिरामी उपचाररत रहेका पछिल्लो समयको तथ्यांकले देखाउँछ ।