नेपालगन्ज बाट सुर्खेत जादैँगरेको गाडीमा ब्राउनसुगर बरामद, दुई जना पक्राउ

0
120

६ माघ, बाँके। बाँकेको नेपालगञ्जबाट सुर्खेत जादैँगरेको गाडीमा लागुऔषध बरामद भएको छ ।

भेरीगंगा नगरपालिका-१० टोली खोलाबाट करिब ५ ग्राम ५४ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दुई जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भेरीगंगा नगरपालिका-९ बस्ने ३८ वर्षीय टेक बहादुर देवकोटा र सोही ठाउँ बस्ने २४ वर्षीय जनक विष्ट रहेका छन् ।

नेपालगंजबाट सुर्खेततर्फ जाँदै गरेको बा.५ ख ६२०५ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय छिन्चुतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरु उपर थप आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here