नेपालगन्ज फुल्टेक्रा ६ बाट २ ग्राम ५००मिलि ग्राम ब्राउन सुगर सहित पक्राउ

0
297

१० माघ, बाँके ।

बाँकेको नेपालगञ्जबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ५ बजेर ४० को समयमा नेपालगञ्ज उपमहानगरपालिका ६ फुल्टेक्रा बाट २७ वर्षिय अन्वर अलीलाई प्रहरीले नियन्त्रण्मा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी मधुसुदन न्यौपानेले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले चेकजाँच गर्दा उनले लगाएको पाईन्टको गोजीबाट ४ वटा पुडिया बनाएर राखेको २ ग्राम ५००मिलि ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको सूचना अधिकारी न्यौपनेले जानकारी दिए ।

उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान अघि बढाईएको प्रहरीले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here