नेपालगञ्जबाट ३० ग्राम ब्राउन सुगर सहित तीन जना पक्राउ

0
275

१० माघ, बाँके । बाँकेको नेपालगञ्जबाट ३० ग्राम ब्राउन सुगर सहित तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

सोमबार करिब दिउँसो २ बजेर ५५ मिनेटको समयमा नेपालगञ्ज उपमहानगरपालिका १० ट्राफिक चोक स्थित वडा प्रहरी कार्यालय नेपालगञ्ज र लागुऔषध ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

नेपालगञ्ज १० निवासी ३५ बर्षिय मुन्नि जोलाहले लगाएको सुईटरको खल्तिबाट लुकाई छिपाई राखेको ३० ग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखीने धुलो पदार्थ बरामद गरेको जिल्ला प्रह्री कार्यालय बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

उनका अनुसार जोलाह साथमा रहेका नेपालगञ्ज १६ का ३९ वर्षिय कल्लु जोलाह र ३५ वर्षिय जरिना अन्सारीको साथबाट नगद नेपाली रुपैया सत्तरी हजार पाँच सय र भारतीय रुपैया सत्तरी हजार तीन सय पचास गरि कुल नेपाली रुपैया एक लाख ८३ हजार ६० बरामद भएको हो ।

रुपैयाका साथै उनीहरुसंग र्‍यापरका कागज समेत फेला पारेर तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भई रहेको प्रवक्ताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here