माघ २६ / नेपालगन्ज ,
आगामी बैशाख ३०गते हुन लागेको स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको मेयर पद्को लागि रास्ट्रिय प्रजातन्त्र पार्टी का गौरव चन्द जनताले रुचायेका एक दाबेदार हुन।
उनी शहिद दशरथ चन्द का भाइ ललित चन्दका नाति हुन्।उहाँले राजनितिमा सुरु देखि नै लागिआयेका आफ्ना जिजुबुवा लाई आफ्नो राजनितिको गुरु मान्नुहुन्छ।
नेपालगन्ज ०७ निवासी चन्दले आफ्नो उम्मेदवारी नेपालगन्जका जनताको हितको लागि हुने बताए।
हिन्दु रास्ट्र र राजसन्स्था प्रती आस्था राख्ने गौरव चन्द रास्ट्रिय प्रजातन्त्र पार्टीको स्थापना कालदेखी नै पार्टीमा आवद्ध हुनुहुन्छ।
एयरपोर्ट, जलाधार क्षेत्र, बसपार्क, खानेपानीलगायतका दीर्घकालिन आयोजनाहरुको विवादलाई वर्तमान उपमहानगरको नेतृत्व गर्ने पार्टी र जनप्रतिनिधिले समाधान गरेकोमा अझै राप्रपाले सकेको उल्लेख गर्दै उनले चुनावबाट आफु विजयी भए यी विवादहरुलाई थप प्रभावकारी निकास दिने पनि दाबी गरे।


