३ फाल्गुन, बाँके, । ‘मानसरोबर बिषेश साँझ’ सोमबार साँझ एक कार्यक्रम बीच बिधिवत रुपमा सद्धघाटन भएको छ । बाँकेको नेपालगञ्जमा अतिथिलाई दैनिक बिषेश प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले ‘मानसरोबर बिषेश साँझ’ संचालनमा ल्याएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका ४, बाईपास चोक स्थित रहेको होटेल मानसरोबर संगै अतिथिलाई बिभिन्न कार्यक्रम तथा प्रस्तुतिका साथ मनोरञ्जन गर्ने उद्देश्यले मानसरोबर बिषेश साँझ संचालनमा ल्याएको संचालक समितिले जनाएको छ ।
आषिश मल्ल ठकुरी र टोपेन्द्र वलीको संयुक्त लगानी रहेको मानसरोबर बिषेश साँझ सोमबार ‘भ्यालेन्टाईन डे’ अर्थात प्रणय दिवसको अवसरमा एक कार्यक्रम बीच उद्धघाटन गरिएको हो ।
जन्मदिन मनाउन आएका नरायण बिसी र उनी पत्नी ललिता डिसिले रिबन काटेर मानसरोबर बिषेश साँझको उद्धघाटन गर्न बिषेश अवसर प्राप्त गरेका थिए ।
कार्यक्रमको प्राविधिक मानोरञ्जन समुहमा हारमुनियम तर्फ बलु तामाङ, मादल तर्फ सुरेश गन्दर्भ, अक्ट्रयाक तर्फ ठग्गा चौधरी रहेका छन ।
त्यस्तै, गायक छवि डागी, गायक कल बहादुर, बपाल मगर, गायिका राधिका हमालले सोमबार भ्यालेन्टाईन साँझ तथा उद्धघाटन समारोहलाई भब्य प्रस्तुतिका साथ मनोरञ्जनमय बनाएका थिए ।
प्रमुख अतिथि बरिष्ठ सञ्चारकर्मी तथा बरिष्ठ गायक कमल बिक निर्मोहीले होटेल मानसरोबर होम एण्ड रेष्टुरेन्टले संचालनमा ल्याएको ‘मानसरोबर बिषेश साँझ’ कलाकारहरुका लागि एउटा प्लेटफर्म समेत रहेको बताएका छन । लुकेको कला उजागर गर्न र आफनो प्रस्तुतिलाई बाहिर ल्यान सहयोग समेत पुर्याउने विश्वास लिएका छन ।
संचालक समिति अनुसार अब दैनिक रुपमा मनोरञ्जन गरेर अतिथिको साँझ बिषेश बनाईनेछ । साता दिनमा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहेनुका साथै बिषेश कार्यक्रम आयोजना गरिने बताईएको छ । कालीजको मासु, लोकल कुखुरा, नदीको माछा, बटाईको मासु लगायतका आर्गेनिक परिकारहरु मानसरोबरको विशेषता रहेको छ ।
आषिश मल्ला ठकुरी अनुसार तीन वर्ष अगाडी ३५ वटा रुम, एउटा हल, रेष्टुरेन्टका साथ संचालनमा ल्याईएको उक्त होटल कोभिड संक्रमणका कारण पछाडी परेको थियो । केही दिन अगाडी मानसरोबर बिशेष साँझको सम्पूणर् तयारी पुरा भईसक्दा पनि कोभिडका कारण पुन प्रभावित हुन पुगेको थियो । तर अब सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर सबै क्षेत्र खोल्न अनुमति दिए लग्त्तै संचालनमा ल्याईएको बताए । अब दैनिक स्पेशल प्रोग्रामका साथ संचालनमा रहने बुझिएको छ ।
कार्यक्रममा मधुर खबरका मधु पौडेल, सत्यम खबरका राज त्रिपाठी, लोकप्रिय दैनिकका दिनेश ठाकुर, नाईल खबर फोटोग्राफीका अजय पाठक, नाईल खबरकी संध्या शर्मा लगायतको उपस्तिथि रहेको थियो ।










