वडा नम्बर ३ लाई देशको नमुना वडा बनाई र वडावासीलाई खुसी पार्छु- अध्यक्षका उम्मेद्वार अमन गुप्ता

0
145

बैशाख १६ / नेपालगन्ज,– आसन्न बैशाख ३० गते हुन गैरहेको स्थानिय तहकोे निर्वाचन राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ अध्यक्ष पदका उम्मेद्वारले उम्मेद्वारी मनोनयन दर्ता गराएसंगै प्रचार प्रसारमा तिव्र पारिएको छ ।

हरेक दिन वडावासीसंगै हुन्छु अध्यक्षका उम्मेद्वार अमन गुप्ताले भन्नुभयो ।

बैशाख ३० गते हुन गइरहेको स्थानिय तहको निर्वाचनकोे राप्रपा नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ मा वडाअध्यक्ष पद्का उम्मेद्वर गुप्ताले पछिल्लो समय जनताको ढुकढुकीमा बस्न सफल भएको वडाअध्यक्ष पदका उम्मेद्वार गुप्ताले जनताको साथ सहयोगले वडाअध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो ।

अध्यक्ष पदमा मेरो टिम आयो भने स्वास्थ्य, शिक्षा र सरसफाइ पहिलो प्रथामिकतामा पर्ने उहाँले बताउनुभयो । वडाका जनता स्वास्थ्य रहेमा मात्र वडालाइ बिकास गर्न सकिन्छ । वडाको जनतानै स्वस्थ नभए वडाको बिकासले मात्रपनि केही औचित्य राख्दैन तसर्थ वडामा सरसफाई, शिक्षा र स्वास्थ्य अनिवार्य रहेको उहाँले बताउनुभयो ।

वडावासीका लागि म सदैब वडाको बिकासमा ईमानदारी पुर्वक काम गर्ने छु गुप्ताले भन्नुभयो । जनताको चाहना र जन अपेक्षालाइ पहिलो प्राथमिकता दिएर काम गर्ने छु जनताकै सेवा गर्न आउने भएको हुनाले जनताको सेवालाई पहिलो स्थान दिने उहाँले बाचा गर्नुभयो ।

म आफ्नो स्वार्थ पुर्ति गर्न कहिले पनि जनताको प्रयोग गर्ने छैन मेरो स्वार्थ भनेकै मेरो वडावसीको सुखद भबिष्य हो उहाँले बताउनुभयो ।

वडामा स्वास्थ्य, सरसफाइ, शिक्षा, खानेपानी, खेलकुद, विजुली बत्ति, मठमन्दिर पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here