
२० बैशाख, बाँके । जनता समाजवादी पार्टी नेपाल तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका १ का वडाध्यक्षका दावेदार मोनू कुमार गुप्ता ले २४ सै घन्टा वडा कार्यालयमा स्वास्थ्य सेवा सुविधा सहित ल्याब स्थापना गरी सेवा प्रदान गर्ने प्रतिबद्धता दिएका छन।
नेपालगञ्ज वडा नम्बर १ मा मंगलबार प्रतिबद्धता तथा पहल कर्मो पत्र लिएर घरदैलोमा पुगेका मोनूले जनता सङ आशिर्वाद लिदै यश पटक बिश्वास को साथ मत दिन वडा वासीलाई अग्राह गरेका छन ।
त्यसका बाहेक प्रत्येक टोलमा खानेपानी तथा ढल निकास तथा सोलार बत्तिको व्यवस्था गर्ने, अनाथ, बाल बालिकालाई सामुदायिक विद्यालय तथा स्कूलमा निशुल्क पढने व्यवस्था गरिने, बेरोजगार युवा युवतीहरुलाई सिपमूलक तालिम दिई रोजगारको व्यवस्था, सरसफाईबापट लिदै आएको रु. १५० निशुल्क गर्ने, अन्त्येष्टिको लागि चाहिने काठको व्यवस्था वडा कार्यालयले गर्ने, मन्दिरको जग्गा जमिन र भएका एलानी जग्गाहरु संरक्षण गर्ने तथा भू माफियाले हड्पेको जग्गाहरुको खोज तलाश गरि त्यसको संरक्षण गर्ने, धार्मीक स्थलहरुलाई संरक्षण तथा सहयोग गर्ने, सिमान्तकृत वर्ग तथा जनजातीहरुको लागि बिषेश प्याकेज, बाल क्लब गठन तथा भएको धमबोझी क्लबलाई चाहिने गेमका सबै सामाग्री उपलब्ध गराउने, वाटरपार्कलाई सौन्दर्यकरणको लागि विषेश किसिमको योजना ल्याउने उनले प्रतिबद्धता व्यक्त गरेका थिए