मेरो टिम आयो भने शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार र यातायातलाई पहिलो प्राथमिकता:उम्मेदवर प्रेमचन्द्र मौर्य

0
264

बैशाख २६/ नरैनापुर
आउँदो बैशाख ३० गते हुन गैरहेको स्थानिय तहकोे निर्वाचनमा नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका वडा नं ६ मा वडाअध्यक्ष पद्का उम्मेदवर मौर्य पछिल्लो समय जनताको ढुकढुकीमा बस्न सफल भएको वडाअध्यक्ष पदका उम्मेदवर प्रेम चन्द्र मौर्य जनताको साथ सहयोगले वडाअध्यक्षमा उम्मेद्वारी दिएको बताउनुभयो ।

अध्यक्ष पदमा मेरो टिम आयो भने शिक्षा, स्वास्थ्य, कृषि, सञ्चार र यातायातलाई पहिलो प्राथमिकता दिएर वडालाई बिकासमैत्री वडा बनाएर देखाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

वडाका जनता स्वास्थ्य रहेमा मात्र वडालाइ बिकास गर्न सकिन्छ । वडाको जनतानै स्वस्थ नभए वडाको बिकासले मात्रपनि केही औचित्य राख्दैन तसर्थ वडामा सरसफाई, शिक्षा र स्वास्थ्य अनिवार्य रहेको उहाँले बताउनुभयो ।

म आफ्नो स्वार्थ पुर्ति गर्न कहिले पनि जनताको प्रयोग गर्ने छैन मेरो स्वार्थ भनेकै मेरो वडावसीको सुखद भबिष्य हो उहाँले बताउनुभयो ।

स्थानीयले पनि अब कांग्रेसबाट आफूहरुले धेरै अपेक्षा गरेकाले यसपाली आफूहरु कांग्रेस नै रोज्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here