भेरी अस्पतालमा आमा र जुम्ल्याहा बच्चाको निधन भएपछि “चिकित्सकलाई आफन्तको आरोप”

0
159

साउन ३०/ नेपालगन्ज –
भेरी अस्पतालमा सुत्केरी हुन पुगेकी महिलाको मृत्यु भएपछि परिवार र आफन्तले न्याय माग्दै अस्पतालमा पुगेका छन् ।

भेरी अञ्चल अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया नजिया खातुनको मृत्यु भएको हो ।

सुत्केरी ब्यथाले च्यापेपछि उनी स्थानीय भेरी अस्पतालमा पुगेकी थिइन्। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष विवेक बाजपेई (रजनीश ) अनुसार चिकित्सकले महिलाको पेटमा शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए।

शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र दुबै बच्चाको मृत्यु भएको उनले बताए।

चिकित्सकको लापरबाहीले सुत्केरी आमा र बच्चा (शिशु) को मृत्यु भएको भन्दै आफन्तले सोमबार बेलुकी केहीबेर तनाव सिर्जना गरेका हुन्। परिवार र आफन्तले केहीबेर तनाव सिर्जना गरेपनि अहिले शान्त रहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here