असोज २ / नेपालगन्ज – राष्ट्रिय प्रजातन्त्र पार्टीको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बाँकेले सामाजिक अभियानमा सक्रियभइ निरन्तर लागी रहेको छ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बाँकेका अध्यक्ष शेखर शाही अनुसार हाम्रो मुल नारा भनेको “सबै राष्ट्रियवादी विद्यार्थी एक हौ” र हामी निरन्तर सामाजिक अभियानमा लागि रहेकछौ ।
संगठनले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ जस्तो रक्तदान, विभिन्न बाल आश्रम र अनाथ आश्रममा शैक्षिक सामाग्री वितरण,बोट बृक्षरोपन,मुल्य वृद्धि र एम.सि.सि विरुद्ध आन्दोलन गर्यो।पार्टीको बिचर र सिद्धान्त भन्दा माथी उठेरा सामाजिक रुपान्तरणको लागी विविध योजना बनाएर अगाडि बढ्ने छौं ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनलाई बिस्तार गर्ने कार्य तिब्ररुपमा जारी छ।महेन्द्र बहुमुखी क्याम्पसमा इकाई कमिटी गठन भैइसकेको र विभिन्न स्कुल,कलेजहरुमा इकाई कमिटि गठन गर्ना बाँकी रहेको र बिद्यार्थी साथिहरुलाई विशेष बिकास मुलुक तालीम संचालन गर्ने राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन बाँकेको सचीव प्रकाश शाहीले जानकारी दिए ।
फोटो फिचर



