नेपालगन्ज । हिन्दूहरुको महान पर्वको बडा दशैंको अन्तिम दिन विसर्जनको समय नेपालगन्जका दुई स्थानमा झडप भएको छ ।
माताजीकाे विसर्जनका दिन १७ गते शुक्रबार जिल्लाका विभिन्न ठाउँमा राखिएका मुर्ति विसर्जनका लागि बाँकेकाे सिधनिया घाट लैजाने क्रममा नेपालगन्जका दुई स्थानमा झडप भएको हाे ।
केही उपद्रव मानसिकताका व्यक्तिहरुले गर्दा सो झडप हुन गएको देखिन्छ । उक्त झडपको क्रममा केही प्रहरीसहित आम नागरिक पनि सामान्य घाईते भएका छन् ।
प्रहरीको व्यापक परिचालन र सुरक्षामा देखिएको सतर्कताले गम्भीर क्षती हुन पाएन । हुन त यस किसिमको घटनालाई उपद्रवी मानसिकताका व्यक्तिहरुले यही समयमा दंगा एवं ठुलो स्केलमा भौतिक क्षति पुर्याउने अवसरको रुपमा समेत परिणत गर्न चाहन्छन् तर यस वर्ष प्रहरी विगत भन्दा बढी प्रहरी परिचालन र तत्कालै प्रहरीले सक्रियता देखाएकाले गम्भीर दुर्घटना हुन पाएन ।
बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार यही मौकामा सोसल मिडियामार्फत विभिन्न किसिमको भ्रम सिर्जना गर्ने हुन सक्ने भएको हुँदा कुनै किसिमको भ्रममा नपर्न आग्रह गरिएकाे छ ।
प्रहरी उपरीक्षक जिसीले जिल्लामा कुनैपनि किसिमको भौतिक एवं मानवीय क्षति नभएको र जिल्लाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । साथै उपद्रव गर्न सक्ने किसिमको कुनै जानकारी भएमा तत्कालै आफ्नो सम्पर्क नं. ९८५८०५५५५५ मा वा कुनैपनि प्रहरी कर्मचारी वा कार्यालयमा समयमा जानकारी गराई दिन हुन समेत अनुरोध गर्नु भएको छ ।










