बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी

0
12

नेपालगञ्ज । बाँकेका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार साँझदेखि डुडवा गाउँपालिका वडा नम्बर ६ को सम्पूर्ण क्षेत्र, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ को सम्पूर्ण क्षेत्र, वडा नम्बर १५ को सुइया पिप्रहवा क्षेत्र, वडा नम्बर २३ को भज्जीपुरुवा, जंगलीसिंहपुरुवा र लोहरनपुरुवा तथा नरैनापुर गाउँपालिका वडा नम्बर ५ को सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरेको जनाएको छ । शनिबार साँझ ७ बजेदेखि अर्को आदेश वा सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले बताएका छन् ।

शुक्रबार दुर्गा मूर्ति विसर्जनका क्रममा हिन्दु र मुस्लिम समुदायबीच झडप भएको पृष्ठभूमिमा शनिवार पनि मध्यान्ह १२ बजेपछि डुडुवा गाउँपालिका वडा नम्बर ६ हिरमिनियाका केही घुम्ती पसलमा आगजनी गरिएको, एउटा पुरानो मोटरसाइकल आगजनी गरिएको र वडा नम्बर ६ कै सुब्बापुरुवा भन्ने स्थानमा झडप समेत भएको अवस्थालाई मध्यनजर गर्दै उल्लेखित क्षेत्रहरुमा पाँच जना भन्दा बढी भेला हुन नपाउने गरी निषधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here