कोरोना भाइरस संक्रमणको पुष्टी फेरि दुई

0
515

बैशाख २ काठमाडौं । सनसिटी अपार्टमेन्टमा काँडाघारीस्थित पेप्सीकोलामा रहेको बसोबास गर्ने ३ जनालाई चेक गर्ने क्रममा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

संक्रमण चेकमा र्‍यापिड टेस्टको बेलामा तीन जनामा कोरोना देखा पर्‍यो । सोमबार पाटन अस्पतालको आइसोलेसनमा लगेर राखिएको तीन जनामध्ये दुईमा पुष्टी भएको टेकु अस्पतालको विशेष श्रोतले जानकारी दिएको छ।

अर्का एकजनाको रिपोर्ट अझै आउने प्रकृयामा नै रहेको स्रोतले बताएको छ।

बेलायतबाट नेपाल फर्किएका चैत ५ गते नेपालीहरु सनसिटीको ‘ए’ ब्लकको १५०१ नम्बर फ्लाटमा रहेकोे जानकारी अएको छ ।

सनसिटी अपार्टमेन्टमा सुरक्षा व्यवस्था प्रहरी द्वारा सोमबार देखिनै कडा गरेको छ भने भित्र बसोबास गर्ने मानिसलाई बाहिर आउन कडा चेताउनी दिएको छ।

कोरोना संक्रमितको संख्या १६ पुगेको छ नेपाल भरी। सोमबार मात्रै कैलाली र रौटहटमा एक/एक जनामा कोरोना संक्रमण फेला परेको थियो।

घर फर्किसकेका एकजना छन भने१५ जना अझै उपचार कै क्रममा छन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोगको उपचार अस्पतालमा २ जनाको उपचार भइरहेको छ ।

सेती प्रादेशिक अस्पतालमा ५ जना, वीरगञ्जमा ३ जना, बाग्लुङमा २ जनाको जानकारी प्राप्त भएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here