फेरि बढेयाे लकडाउनको समय

0
1157

शिवम गुप्ता /जान मो जरगर


काठमाडौं २ बैशाख । सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म लम्ब्याउने निर्णय मन्त्रिपरिषदको बैठक बाट गरेको छ ।

कोरोना भाईरसको संक्रमण अझै बढिरहेको बेला राज्यले फेरि थप लकडाउन समय बढाएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन तेस्रो पटक बढाउने सरकारले निर्णय गरेको छ ।

बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अझै समय थपिने र सरकारको सुरक्षा बेवास्ता नि अझै कडा हुने निर्णय गरेको छ ।

संक्रमितको संख्या बढेपछि लकडाउन लम्ब्याउने निर्णय मन्त्रिपरिषदको बैठकले जानकारी दिएको छ ।

पहिलो लकडाउन खुकुलो बनाउने रणनीति बनाइरहेको सरकारले अब थप फेरि निर्णय पछी कडाईका साथ लकडाउनको पाल्ना गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here