वाड नम्बर ६ को दोस्रो चरणको राहत बित्रन

0
908

जान मो.जरगर , शिवम गुप्ता – बैशाख ६ नेपालगञ्ज

नेपालगञ्ज उप महानगरपालिका वडा नं. ६, आज दोस्रो चरणमा फुल्टेक्रा, एकता नगर बस्तीका अति विपन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने २०२ व्यक्तिहरुलाई राहत सामग्री वितरण गरिएको छ ।

नोभेल कोरोना भाइरसको संक्रमित नेपालमा हाल ३० जनमा भेटिएसँगै सरकारले गरेको पुर्ण रुप ले लकडाउनको कारण ज्यालामज्जदुरी गरी खाने परिवारमा समस्या उत्पन्न भएपछि आज वडा कार्यालयले नगरकार्यपालिकाको निर्णय अनुसार चामल १५ केजी, दाल २ केजी, पिठो ५ केजी, तेल १ लिटर, नुन १ प्याकेट, आलु ५ केजी र हात धुने साबुन सहितको राहत प्याकेज वितरण गरिएको थियो ।

श्रद्धा इटा उद्योगको प्रो. सुधीर प्र.सिंहले मस्क र सेनिटाइज स्प्रे आफ्नो बग्तिगत लगानीमा वडा कार्यालय बडेको राहत को समय सङै बित्रन गर्नु भयो।

नेपालमा नै अति विभिन्न बस्तीहरुको रुपमा परिचित रामनगर , एकता नगर बस्तीका अति विपिन्न तथा दैनिक ज्यालामजदुरी गरी खाने समस्यामा रहेका परिवारलाई ६ नं. वडा अध्यक्ष समीर प्रताप सिंह , सचिव प्रकाश पन्थि, सदस्य सुरेश सोनर , दिपक श्रेष्ठ , सब्त्री शर्मा ,मुन्नि कोरि, पुर्ण सहयोगमा एकता युवा क्लबका सदस्यीय राम बाबु वैश्य , जय मा ज्वाला स्पोर्ट् क्लबको अध्यक्ष मुकेश वैश्य,सचीव अजय कश्यप ,अजय साहू, वडा सचिव प्रकश पन्थीले जानकारी दिनुभएको छ ।

वडा कार्यालयले राहत वितरण कार्यमा सामाजिक दुरीको पुर्णरुपमा व्यवस्थापन गरिएको थियो । राहत बुझन आएका व्यक्तिहरुलाई सामाजिक दुरी कायम गर्नका लागि २÷२ मिटरको दुरीमा घेरा बनाइएको थियो भने वितरण स्थलमा हात धुने र फोटोकपीको व्यवस्था समेत गरिएको थियो ।

वितरण कार्यमा नेपालगञ्ज वडा प्रहरी कार्यालयले सुरक्षा र नेपाली सेना व्यवस्थापनमा सहयोग गरेको थियो ।

वडामा भएको राहत वितरणले परिवारमा खाद्यान्नको समस्या समाधान भएकोमा राहत प्राप्त गरेका व्यक्तिहरुले धन्यवाद व्यक्त गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here