नेपालगन्ज उप-माहनगरपालिकामा थप ९ जनामा कोरोना भाइरसको पुष्ठि।

0
755

नेपालगन्ज बैशाख २१

शिवम गुप्ता /जान मो जरगर

कोरोना भाईरसको संक्रमण बढिरहेको बेला राज्यले लकडाउन गरिरहेको छ ।नेपालगन्जमा कोरोना भाइरसका थप ९ जना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत १० जनामा कोरोना पुष्टि भएको हो। नेपालगन्जमा पहिलोपटक संक्रमित ६० बर्षिय पुरुषबाट संक्रमण फैलिएको आंशका गरिएको छ ।

पहिलोपटक करोनो पुष्ठि हुँदा लकडाउनलाई नेपालगन्जमा थप कडा बनाउने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन अवधिमा औषधि पसल बाहेकका कुनै पनि पसल तथा ब्यवसाय संचालनमा रोक लगाउदै एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले शुक्रबारदेखि अनिश्चितकाल सम्माका लागि बिहान् १० बजेपछि कुनै पनि पसल संचालन गर्न नपाईने जनाएको छ।

डा.बिकाश देवकोटाका अनुसार नेपालगञ्जमा ५ जना पुरुष र ४ जना महिलामा कोरोना संक्रमण देखिएको छ।उहाहरुको उमेर ७ देखि ५८ वर्ष रहेको उनले जानकारी दिएका छन।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। संक्रमित ६९ मध्ये १६ जना उपचारपछि डिस्जार्ज भइसकेका छन्। बाँकी ५३ संक्रमितको विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालगन्जमा ९० जनाको नमूना संकलन गरिएको थियो । त्यसमा ३० जनाको रिपोर्टमा ९ जनामा कोरोना पोजिटिभ देखिएको छ । अझै ६० जनाको रिपोर्ट आउन बाँकी छ ।
अझ पनि हेलचेक्राइँ गर्ने हो भने भयावह स्तिथि नआउला भन्न सकिन्न ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here