शिवम गुप्ता /जान मो जरगर बैशाख २२ नेपालगन्ज – कोरोना भाईरसको संक्रमण बढिरहेको बेला राज्यले लकडाउन गरिरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार एकै दिन १५ जनामा संक्रमित देखिएपछि आज बसेको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन
कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका भित्र भोलि बिहान ११ बजे देखि ३दिन का लागि बाँकेलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
नेपालगन्जमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले राजनीति दलका प्रमुखहरु, सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको समयमा सोमबार जिल्ला प्रशासन कार्यालय बाँके द्वारा जानकारी प्राप्त भएको थियो। बैशाख २५ गते रातिसम्मका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
उक्ति बैठकमै जानकारी गराउदै रानी तलाउमा रहेको सब्जी मण्डी र साथै नेपालगन्ज बि.पि. चोक नजिकै रहेको सब्जी मण्डी पूर्ण रुपमा बन्द गर्ने जानकारी समेत दिनु भएको छ ।
पुर्ण रूपमा लकडाउनको बेला चिकित्सक, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई भने हिड्न दिइने निर्णय गरिएको छ ।












