निषेधाज्ञामा स्थानीय र प्रहरी बिच झडप नेपालगन्जमा

0
838

जान मो जरगर

बैशाख २३ नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ३ त्रिवेणी मोडमा आज बिहान व्यापारी र प्रहरीबीच झडप भएको छ ।

कोरोना भाईरसको संक्रमण बढिरहेको बेला राज्यले लकडाउन गरिरहेको छ । नेपालगन्जमा एकै दिन १५ जनामा संक्रमित देखिएपछि हिजो बसेको बैठकको निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र आज बिहान ११ बजे देखि ३दिन का लागि बाँकेलाई निषेधित क्षेत्र घोषणा गरेको थियो ।

सोहि अज्ञाको पालन गर्दा वडा प्रहरीको प्रमुख हरि बहादुर बस्नेत र वहाको टोलिले निषेधाज्ञा सुरु हुनुभन्दा एक घण्टा अगाडि नै खाद्यान्न ,साब्जी मन्डी र पसलहरु बन्द गर्न खोेजेपछि नेपालगन्ज वडा नम्बर ३ त्रिवेणी मोडमा प्रहरीले बिहान ९ः५५ बजेतिर सन्जय किराना स्टोर अगाडि प्रहरी र स्थानीय बीच झडप भएको थियो ।त्यही झडपमा शिवकुमार वैश्य धेरै घाइते भएको स्थानीयले जानकारी दिएका छन।

झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगामुढाबाट वडा प्रहरी कार्यालयको बा.१ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गर्द गाडीको सीसा, झ्याल लगायतमा क्षति पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here