भोलि अत्यावश्यकीय सामग्री खरिद गर्न बिहान ११बजे देखि ३बजे सम्म

0
676

जान मो जरगर / शिवम गुप्ता

नेपालगन्ज । कोविड-१९ को लागि बाँकेमा कडा निर्देशन जारी भएको छ।

नेपालगन्जमा शुक्रबार देखी ४ घण्टा अत्यावश्यक सामग्रीको लागि पसल खोल्ने सूचना प्राप्त भएको छ ।अत्यावश्यक सामग्री बहेक खुल्ने अन्य पसललाई कारवाही हुनेछ ।

आज बसेको बैठकको निर्णय अनुसार नेपालगन्ज उपमहानगरपालिका भित्र बिहान ११ बजे देखि ३ बजे सम्म का लागि अत्यावश्यक सामग्री बाहेक कुनै पसल न खुल्ने जानकारी जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनु भएको छ ।

निषेधित क्षेत्र घोषणा गरेको आज राती १२ बजे पछि बिहीबार गरिएको निर्णय आनुसार शुक्रबार बाट निषेधाज्ञा नरहने र यश बेलामा कुनै प्रकार को गाडी इत्यादि न गुडाउन पाउने भान्ने कुरा आज को सूचना मार्फत जारी गरिएको छ ।

अन्य समयमा भने हिंड्डुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै र पास बाहेकका सवारी साधन भने सञ्चालन गर्न नपाइने भन्ने कुरा आज बैठक मार्फत प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here