बाँके, ९ जेष्ठ / जान मो.जरगर
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार नेपालमा थप ३० जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। योसाँंगै संक्रमित हुनेको संख्या ४८७ पुगेको छ।
बाँकेको खजुरा गाउँपालिका स्थित सुशील कोइराला क्यान्सर अस्पतालमा उपचाररत कोरोना संक्रमित २१ जना कोरोनालाई जितेर आज घर फर्किए जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।












