
बाँके, २२ जेष्ठ / शिवम गुप्ता
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा अनुसार थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
हालसम्म कुल संक्रमितको संख्या २६३४ पुगेको छ भने तिमध्ये २९० जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मृत्यु हुनेको संख्या १० पुगेको छ।
अाज मृत्यु भएका पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० वर्षीय पुरुष हुन्नथ्यो उहाँ ५ दिन अगाडि भारत बाट आएको र क्वारेन्टाइन मा रहदा रहदै मृत्यु भएको र पिसियार चेकजाँच गर्दा प्राेजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएका छ।
संक्रमितहरूमध्ये अधिकांश भारतबाट आएका हुन ।










