एसपी ओम राना आउन साथ बाँकेमा मोष्ट वान्टेड क्रिमिनल ८ बर्ष पछि प्रहरीको फन्दामा

0
1191

असार ०९ बाँके / अभिनब गुप्ता

८ बर्ष पछि बाँकेको मोष्ट वान्टेड सुचीमा रहेको आरोपीलाई पक्राउ गर्नेपर्न सफल जिल्ला प्रहरी कार्यालय बाँकेले बिगतमा शशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा ज्वाला सिंह मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण ज्यान मार्ने उद्योग बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक वनकट्टी गा.वि.स.वडा नं.५ हाल डुडुवा गा.पा.वडा नं.३ वस्ने वर्ष ३१ को धर्मा सिंह भन्ने राजेश यादव सोमबार ८ गते भारतबाट घरमा आएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट विशेष बिउरो टोलि द्वारा खोजतलास गर्नेको क्रममा खटिएको निजलाई ९ गते बिहान ३ बजेको समयमा जिल्ला बाँके डुडुवा गा.पा.वडा नं. ५ स्थित तरवार थान १, चक्कु थान १ सहित फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here