इलाका प्रहरी कार्यालय जमुनाह इन्चार्ज फेरिने बितिकै कडाईका साथ एक्सन सुरु मोबाईल कारोबारि पक्राउ

0
1420

असार १० बाँके , अभिनब गुप्ता / शिवम गुप्ता

इलाका प्रहरी कार्यालय जमुनाहको प्रहरी द्वारा जयसपुरका २० वार्षिय शम्साद अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

भारतबाट नेपालगन्ज आउँदै गर्दा चोरी को बाटो भएर लुकाएर ल्याउने क्रममा बिशेश सूचना को आधारमा लगभग एक लाख पछ्तर हजर वराबर बजार मुल्य रहेको ९ थान मोबाईल सहित एक व्यक्तिलाई जमुनाह प्रहरी द्वारा नियन्त्रणमा लिएको छ ।

बुधबार साँझ करिव ५ बजेको समयमा ईप्रका जमुनाहका ईन्चार्ज बिष्णु गिरीको कमाण्डमा रहेको टोलीले नेपालगन्ज–१५ जमुनाह चोकबाट भिभो वाई १२ मोडलको ३ थान, भिभो वाई १५ मोडलको १ थान, भिभो वाई ११ मोडलको १ थान, रिडमी नोट ८ प्रो ४ थान सहित नेपालगन्ज–१६ जयसपुरका २० वार्षिय शम्साद अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

जामुनको ईन्चार्ज बिष्णु गिरीले आज यस्तो ब्यक्तिको खोजी कार्य तिब्र पार्ने बितिकै सफल हुनु भएको छ ।
धेरै पहिले देखी शम्साद अन्सारी यो क्रियाकलापमा रहेको सूचना आए लगत्तै भारतबाट चोरीबाटो हुँदै मोबाईल तथा ईलोक्ट्रोनिक्स सामान नेपाल भित्रिने गरेको छ ।

जमुनाह प्रहरीले आज को कार्य धेरै नै सफलता पुर्बक प्रहरीको कडा निगरानी रहेको देखिन छ । जयसपुरका २० वार्षिय शम्साद अन्सारीलाई मोबाईल समेत कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको जानकारी इलाका प्रहरी कार्यालय जमुनाहको इन्चार्ज बिष्णु गिरीले दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here