नेपालगन्ज उप–महानगरपालिका वडा नं. २१ पुरैनामा १३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई एक थान साईकिल,रेनकोट र टर्च हस्तान्तरण

0
467

असार -१६ अविनभ गुप्ता / शिवम गुप्ता —

नेपालगन्ज उप–महानगरपालिका वडा नं. २१ पुरैना अन्तर्गत रहेको स्वास्थ्य शाखामा आबद्ध स्वयंसेविकालाई साइकल हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष रन्जित खाँले स्वास्थ्य शाखा अन्तर्गत आबद्ध १३ जना महिला स्वयंसेविकाहरुलाई साइकल, टर्च, र रेनकोट हस्तान्तरण गरेका छन । मंगलबार वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष खाँले भने “समाजिक कामका लागी निरन्तर खटिरहेका स्वयंसेविकाहरुका लागि वडा कार्यालयको २०७६÷७७को बजेट अन्तर्गत १३ जना स्वयंसेविकालाई साइकल वितरण गरिएको हो । उनले भने महिला स्वयंसेविका हरु घाम– छाया नहेरि निरन्तर काम गरि रहेका छन, टाढा बाट पनि काम गर्न आउने महिलाहरु छन । केही महिलासंग साधनको व्यवस्था समेत न भएको हुनले आवत जावत सहजीकरणका लागि साइकल वितरण गरिएको हो । पानीको समस्या समेत रहेको हुनले टर्च, र रेनकोट समेत हस्तान्तरण गरिएको बताएका हुन । खाँले वडावासीलाई स्वास्थ्य सेवा दिन वडा कार्यालय सदैव तत्पर रहेकोले स्वास्थ्यमा संस्थागत विकासको लागि आफु सदैव प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । वडा कार्यालयको रु. १,५६,०००।– हजारको बजेट अन्तर्गत वडाका १३ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई एक थान साईकिल रेनकोट लगाएतका समान प्रदान गरिएको वडा सचिव सुर्य नेपालीले बताउनुभयो ।कार्यक्रममा सरकारले लागू गरेको समाजिक दुरि लाई पालना गर्दै कार्यक्रमका सभापति वडा अध्यक्ष रन्जित खाँ, स्वास्थ्य निरीक्षक नन्दा कुमारी सेन, महिला स्वयंसेविका, पत्रकार लगायतको उपस्तिथिमा साइकल वितरण कार्यक्रम गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here