श्रावण २० बाँके , शिवम गुप्ता /जान मो जरगर –
बाँकेमा कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि जोखिमलाई नियन्त्रण गर्न बाँकेमा ४ निषेधाज्ञा पुन थप गरिएको छ । भने संक्रमण तिब्र रुपमा बढ्दै गएपछि आइसोलेशन सेन्टर कमी हुन्द नेपालगन्ज उप महानगरपालिक -२० स्तिथ मनिकापुरमा स्तिगित अवस्थामा रहेको होटल ह्वाईट हाउसलाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यलाय बाँकेमा मंगलवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले
कोरोना संक्रमितको संख्या बढ्दै गएकाले थप आइसोलेशन सेन्टरको आवश्यक्ताअनुसार सो होटेललाई आइसोलेशन सेन्टर बनाउने निर्णय गरेको हो ।
थप एक आइसोलेशन सेन्टरको आवश्यक्ता भएकाले होटेल ह्वाईट हाउसमा संक्रमितहरूलाई व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभएको छ ।










