बहु बिवाह मुद्दाका फरार २ अभियुक्त पक्राउ

0
510

फागुन २ बाँके / शिवम गुप्ता -बहु विवाह मुद्दाका फरार रहेका २ अभियुक्त पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बहु बिवाह मुद्दामा कैद सजाय भई फरार रहेका बाँके कोहलपुर नगरपालिका वडा नं–४ निबुवाका ३४ वर्षीय जय बहादुर गिरी र सोही ठाउँकी ३३ वर्षीया छायाँ गिरीलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलिले पक्राउ गरेको छ ।

उनीहरुलाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । जिल्ला अदालत बाँकेले २०६८ कार्तिक ३० गतेको फैसलाले उनीहरु दुबैलाई दुई बर्षको कैद सजय तोकेको छ । सजय तोके यता उनीहरु दुबै जना फरार थिए । पक्राउ लगत्तै उनीहरुलाई अदालतमा उपस्थि गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here