कुर्मी (वर्मा) सहयोगी हात बाँकेले आयोजीत रक्तदान कार्यक्रममा ४५ जनाले गरे रक्तदान

0
638

२०७८ जेष्ठ १५ / नेपालगन्ज ✍️जान मो जरगर

नेपालगन्ज उप महानगरपालिकमा रहेको कुर्मी (वर्मा) सहयोगी हात बाँकेले शनिबार रक्तदान कार्यक्रम गरेको छ।

नेपालगन्ज उपमहानगरपालिका ६ स्थित रहेको फत्तेवाल आँखा अस्पतालको प्राङ्गणमा आयोजना गरिएको थियो ।
रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेको छन् ।

प्रमुख आथितीको रूपमा नेपालगन्ज उप महानगरपालिका का मेयर डा. धवल शम्शेर राणाले कार्यक्रमलाई शुभराम्भ गर्नुभएको थियोे ।

कोरोना महामारीको कारण विभिन्न अस्पतालहरुमा रक्तको अभाव रहेको समस्यालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको माधवराम वर्माले जानकारी गराएको छन।

उक्त रक्तदान कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा न. ६ का अध्यक्ष समीर प्रताप सिंह, वडा न, ४का सफिक बेहना, जानकी गाउँपालिका ५का वडा अध्यक्ष रमेशकुमार वर्मा, समाजसेवी माधवराम वर्मा पत्रकार महासङका सदस्यीय भीषम लोधको समेत उपस्थिति रहेको थियोे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here