बाँकेमा एक साताको लागि निषेधाज्ञा थप

0
743

२०८७ जेष्ठ १६ नेपालगन्ज ✍️जान मो. जरगर

बाँकेमा पुन एक साताको लागि निषेधाज्ञा थपना निर्णय गरिएको छ ।जेठ १८गते देखि २४ गतेसम्म बाँके जिल्लामा निषेधाज्ञा जारी हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई कडाइका साथमा निरन्तरता दिने भनिएको छ ।

थप एक हप्ताका लागि निषेधाज्ञा थपिनेको कारण कोरोना भाइरस संक्रमणको अवस्था अझैं नियन्त्रणमा आएको छैन भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेको प्रमुख जिल्ला अधिकारी बाट निषेधाज्ञालाई निरन्तरता दिने भनिएको छ ।

आब यो छैटौं पटकको निषेधाज्ञालाई संक्रमण अझै कम भएको छैन भन्दै फेरि थप गरिएको छ । गएको यहि जेष्ठ १० गते पनि पाँचौं पटक एक हप्ताका लागि निषेधाज्ञा थपिएको थियो। बाँकेमा पहिलो पटकको निषेधाज्ञा मात्र नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कायम गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको जानकारी अनुशार पछिल्ला केही दिनयता बाँकेका कोरोना संक्रमितको मृत्यु र संक्रमणदरमा कमभए पनि जोखिमको अवस्था धेरै नै रहेकाले निषेधाज्ञालाई निरन्तरता अझै दि रहनु पर्छ भन्ने कुरा जानकारी गराउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here