आज सिमा नाकामा लाागु औषध दुव्र्यसन विरुद्धको कार्यक्रम

0
515

२०७८ असार ११ / नेपालगन्ज✍️ शिवम गुप्ता

३४ औं अन्तराष्ट्रिय दिवसका अवसरमा आज नेपालगन्जको जमूनाह नाकामा लागु औषध दुव्र्यसन विरुद्धको सचेतिकरण कार्यक्रमको आयोजना गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाइमा जिल्ला प्रहरी कार्यालय, लाागु औषध व्यूरोलगायतको समन्वयमा
अन्तराष्ट्रिय लागू औषध दिवशको अवसरमा नेपालगंजको जमुनाह नाकामा एक कार्यक्रमका बिच लागू औषध दिवश मनाईएको थियोे ।

दुई देशका सुरक्षा अधिकारीको उपस्थितिमा कार्यक्रम सुरु भएको थियोे । एसपी ओम रानाका अनुसार खुला सीमानाकाका कारण नेपालीहरु छिमेकी देश भारतको रुपैडिहा पुगेर समेत लागु औषधको प्रयोग गर्ने, लिएर आउने गरेका कारण नेपाालगन्ज लागु औषध कारोवारको लागि ट्रान्जीट प्वाइन्ट नै बनेको छ।

नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती भारतीय सुरक्षा अधिकारीहरुलाई लागुऔषध नियन्त्रणका लागि सहयोगको आग्रह गरेका थिए ।भने त्यसमा भारतीय पक्षले पनि पुर्ण रुपले सहयोगको प्रतिबद्धता जनाएको एसपी रानाले बताउनुभयो ।

कार्यक्रममा बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्ट, सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, एसएसबी असिस्टेन्ट कमाण्डर सुकुमार देव बर्मन, रुपैडिहा थानाका इन्स्पेकटर अशोक कुमार सिंह, जमुनाह बिओपी इन्चार्ज जीवलाल बुढा, वडा प्रहरी इन्चार्ज डिल्ली बहादुर खड्का, आगु औषध ब्युरो का प्रकाश के.सि लगायतको उपस्थिति रहेको थियो ।

लागू औषध बिरुद्ध काम गर्ने सरोकारवाला निकाय तथा भारतिय प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी उपरीक्षक ओम बहादुर रानाले लागू औषधको विरुद्धमा सबै सरोकारवाला निकायहरु एकजुट भएर लाग्नु पर्ने कुरा प्रष्ट पार्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here