लाठी खेललाई विस्तार गर्ने उद्देश्य:जय माँ ज्वाला क्लब उद्घाटन

0
836

नेपालगन्ज ,

नेपालगन्जमा लाठी खेललाई विकास र विस्तार गर्ने उद्देश्यसहित जय माँ ज्वाला शक्ति केन्द्र स्पोर्ट्स क्लब सञ्चालनमा आएको छ ।

स्पोर्ट्स क्लबको सनिवार एक कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको थियो । स्पोर्ट्स क्लब हिन्दु परम्परा अनुसार आत्म रक्षाका साथै विजयादशमी पर्वमा विभिन्न कला झल्काउने उद्देश्यका खेलप्रेमी युवाहरूकाे उपस्थिति तथा समाजसेवि माधवराम बर्माकाे प्रमुख अतिथ्यिमा जय माँ ज्वाला शक्ति केन्द्र स्पाेर्ट क्लबकाे उद्घाटन गरिएकाे छ ।

प्रमुख प्रशिक्षक राजकुमार आर्य तथा अनिल वैश्यले दैनिक उपस्थित युवाहरूलाई प्रशिक्षण दिनुका साथै उक्त कला मार्फत आत्मरक्षा गर्नुका साथै अध्यात्म ज्ञान बारे समेत जानकारी गराउने बताए ।

उद्घाटन कार्यक्रममा विशिष्ठ अतिथि तथा वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह र समाजसेवि गुड्डु वर्मा,स्पाेर्ट क्लबका अध्यक्ष अजय कुमार कश्यप, उपाध्यक्ष मुकेश गुप्ता, सचिव उत्तम वैश्य, सदस्यहरू शिव कुमार लोध,शिवम् गुप्ता,अर्जुन जैसवाल ,सुजित गुप्ता , अजय प्रजापति,सुरेन्द्रसिंह बडिया, महेश वैश्य, सुनिल केवट,राहुल साेनी, प्रवेश सिंह, शुभम गुप्ता लगायतकाे सहभागिता रहेकाे थियाे ।

क्लब उद्घाटनकै अवसरमा कार्यक्रममा उपस्थित पत्रकार चन्देश्वर त्रिपाठी र सम्पूर्ण अतिथिहरूलाई सम्मान गरिनुका साथै देवी दुर्गाकाे पुजा गरि प्रसाद वितरण गरिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here