धुमधामका साथ् नेपालगन्जमा श्रीकृष्ण जन्माष्टमी मनाइँदै

0
301

शिवम गुप्ता /नेपालगन्ज,

नेपालगन्जको विभिन्न स्थानहरुमा धुमधामका साथ् श्रीकृष्ण जन्माष्टमी पूजा–आराधना गरी मनाइँदैछ । आज नेपाल सरकारले नेपाल भर उक्त अवसरमा सार्वजनिक बिदा पनि दिएको छ।

श्री कृष्णको को गित,झाँकी,नृत्यनाटक,भजन सहित
नेपालगन्जको मुटु भनेर चिन्ने त्रिभुवन चौकमा पनि धुमधामका साथ् श्रीकृष्ण जन्माष्टमी पूजा–आराधना गरी मनाइँएको छ।

श्रीकृष्णको जन्म द्वापर युगमा भाद्र कृष्ण अष्टमीको मध्यरात १२ बजे भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी भनिन्छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्रान बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ । कृष्ण जन्माष्टमीको दिन विभिन्न धार्मिक संघसंस्थाले झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here