नेपालगन्ज / १८ भदौ
नेपालगन्ज बाट २ जान लाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
बाँके प्रहरीका अनुसार बरामद भएको सुनमा ६ वटा सुनको बिस्कुट र एउटा तिलहरी गरि ४ केजी सुनसहित पक्राउ गरेको दुई ब्याक्तीलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा लिएर थप अनुशनधान प्रक्रिया आगडी बडाएको छ ।
बाँके प्रहरीका अनुसार ‘उनीहरुबाट सुनको बील समेत प्राप्त भएकोछ । बीलको भेरिफाई गरिरहेकाछौं । यसको वैधानिकताप्रति जाँच कार्य अघि बढेकोछ ।’ उनले अगाडी थपे–‘सुन तस्करी भएको हो वा बैधानिकरुपमा ल्याइएको हो त्यो अनुसन्धानबाट खुल्छ ।’
पक्राउ परेका खाती र विश्वकर्माले आफूहरुले लगाएको जुत्तामा उक्त सुन लुकाएर ल्याएका थिए । काठमाण्डौंबाट नेपालगन्ज ठूलो परिमाणमा सुन लगिदै गरेको खबर पाएको नेपालगन्ज बिमान स्थलमा रहेको प्रहरीलाई सन्का भए लगत्तै चेकजाँच गर्ने क्रममा नेपालगन्ज विमान स्थल का इन्चार्ज प्रहरी नायब निरीक्षक सन्तोष शाहद्वारा पक्राउ गरिएको छ।










