नेपालगँज,
बाँकेको कोहलपुरबाट एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सल्यान जिल्ला दार्माकोट गाउँपालिका वडां नं.२ बस्ने ३२ वर्षिय दिपेन्द्र रोकाय रहेको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।
ईलाका प्रहारी कार्यालय कोहलपुर अनुसार, सनिबार राति करिब १० बजेको समयमा ईलाका प्रहारी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका वडा नं.११ बसपार्क एरियामा रहेको होटल तथा पसलहरुमा आपफ्लुाई नेपाल प्रहरीको सिआईबि को इन्सपेक्टर हु भन्दै डर त्रास देखाई धम्क्याउदै सर्व–साधारण लाई अनावश्यक हैरानी दिई रहेको अवस्थामा रोकोयलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दिपेन्द्र रोकाय नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।













